सडकबिचको पोल हटाउन सुरु
हुम्ला, असार १३ गते । ढलान भएको सदरमुकाम सिमकोटको सडकबिचमा गाडिएको बिधुतका पोलहरु हटाउने काम सुरु भएको छ । बजारको सौन्दर्यकरणमा बाधा पुगेको र यातायातका साधन सञ्चालनमा समस्या भएपछि सिमकोट गाउँपालिकाको अगुवाइमा पोलहरु हटाउन थालिएको हो ।
सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीले हाललाई सिमकोट बजारको मुख्य क्षेत्र रहेको एयरपोर्ट चोकदेखि काली चोकसम्मको सडकबिचमा रहेका बिधुतका पोलहरु हटाउने काम सुरु भएको बताउनुभयो । उहाँले यो काम अति आवश्यक रहेकाले बजार क्षेत्रका सबै पोलहरु हटाउनु पर्ने भए पनि पहिलो चरणमा उक्त सडकका पोलहरु हटाइएको बताउनुभयो ।
अब बाँकी पोलहरु पनि चाँडै हटाइने बताउनुभयो । यसले गर्दा बजार क्षेत्रको सौन्दर्यकरणमा अवरोध गर्नुका साथै ढलान भएको सडकमा यातायातका साधन सञ्चालनमा समेत सदस्य देखिएका कारण ती पोलहरु हटाइएको उहाँले बताउनुभयो ।
पहिलो चरणमा सघन शहरी बिकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा यी पोलहरु हटाइएको हो । यसका लागि सिमकोट गाउँपालिकाले सहजिकरण गरेको थियो । केही समयअघि बोलेरो जीप समेत सडकको बिचमा गाडिएका पोलमा ठोकिएको थियो ।
सिमकोट बजार क्षेत्रका ८० पोलहरु हटाउनु पर्ने बिबरण हिल्दुम बिधुत बितरण केन्द्रले निकालेको छ । अब बाँकी पोलहरु बिधुत प्राधिकरणको आर्थिक सहयोगमा आगामी आर्थिक वर्षबाट सुरु गर्नेगरी तयारी गरिएको केन्द्रले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सडकबिचको पोल हटाउन सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्