सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार शुक्रबारबाट थालिएको र अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको जानकारी दिइन् । अरू केहीपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने बताए पनि उनले कतिपटक यस्तो गर्नुपर्छ भन्नेबारे केही खुलाइनन् ।
प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको छ । मिर्गौलामा यसरी बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस् उपचार पद्दति अपनाइन्छ ।
मिर्गौलाको समस्याले पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । उनको अहिले नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उनको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्