पानी परेपछि कृषकलाई रोपाइँ गर्न सहज
धनगढी, असार १२ गते । कैलालीमा बुधबार विहानदेखि पानी पर्न थालेपछि किसान खुशी भएका छन् । अत्यधिक गर्मी खेपिरहेका यहाँका बासिन्दालाई सहज भएको छ ।
महाकाली बेसिन अत्तरियाका प्रमुख सञ्जयकुमार साहका अनुसार आज ६.८ मिलिमिटर पानी परेको छ । ‘मनसुनी वर्षा सुरु भएको छ, अब पानी पर्ने र रोकिने भैरहन्छ’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार वर्षाले न्युनतम तापक्रम घटेर २६.६ मा झरेको छ । यसले अधिकतम तापक्रम पनि घट्ने छ । न्युनतम तापक्रम विहान ८ः४५ र अधिकतम तापक्रम साँझ ५ः३० मापन गर्ने गरिन्छ ।
कैलालीमा ४४.१ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेपछि अत्यधिक गर्मीले यहाँका बासिन्दा आजित भएका थिए । अर्कोतिर रोपाइँको काम पनि सुरु हुन सकेको थिएन ।
कैलालीमा गत बुधबार हल्का वर्षा भएको थियो, त्यसपछि शनिबार २६.५ मिलिमिटर पानी परेको थियो । गत बुधबार र शनिबारको पानीले राहत भएपछि आज थप पानी पर्दा यहाँका बासिन्दाले हिँडडुल गर्न र रोपाइँ गर्न सहज भएको बताएका छन् ।
असार दोस्रो साता चलिरहँदा पनि पानी नपर्दा तनावमा रहेका यहाँका कृषक पानी परेपछि सजिलो भएको कैलारी गाउँपालिका–६ का किसान पल्टुराम चौधरीले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिन रहेको कैलालीमा ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती गर्ने गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पानी परेपछि कृषकलाई रोपाइँ गर्न सहज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्