टी-२० विश्वकप: अष्ट्रेलियामाथि अफगानिस्तानको शानदार जित
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रीकेटमा अष्ट्रेलियामाथी अफगानिस्तानले शानदार जित दर्ता गराएको छ ।
आइतबार बिहान भएको खेलमा अफगानिस्तानलेअष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको हो ।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य अष्ट्रेलिया १९ ओभर २ बलमा १२७ रनमा समेटियो । अष्ट्रेलियाका ग्लेन म्याकवेलले ४१ बलमा ५९ रन जोडे पनि जितका लागी पर्याप्त हुन सकेन । बलिङमा अफगानिस्तानका गुलबदिन नायबले सर्वाधिक ४ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन जोडेको थियो । अफगानिस्तानका ओपनरद्वय रहमानउल्लाह गुरबाजले ६० र इब्राहिम जाद्रानले ५१ रन जोड्दै शानदार सुरुवात दिलाएका थिए। बलिङमा अष्ट्रेलियाका पाट कमिन्सले ३ र एडम जाम्पाले २ विकेट लिए ।
उक्त समूहमा भारतको २ खेलको ४, अष्ट्रेलिया र अफगानिस्तानको समान २ र बंगलादेशको ० अंक छ । अब अष्ट्रेलियाले भारत र अफगानिस्तानले बंगलादेशसंग खेल्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टी-२० विश्वकप: अष्ट्रेलियामाथि अफगानिस्तानको शानदार जित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्