Techie IT
मंगलबार, वैशाख २३,२०८२

पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक


काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आफ्नो निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । असार १३ गते उम्मेदवारी र २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका महासंघले सार्वजनिक गरेको हो ।

महासङ्घको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेसँगै पत्रकारलाई चुनाव लागेको छ । निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तय गरिएको छ ।

उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने उल्लेख छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिने जनाइएको छ ।

यस्तै, उम्मेदवारको नामावलीउपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म गर्ने तय गरिएको छ । असार १० गतेसम्म मतदाता नामावलीउपर दावी विरोधको समय निर्धारण गरिएको छ । असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545