खांदबारीमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु ( उदघाटन तस्बिर सहित )

संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रथम कोशी प्रदेशस्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। बिहीबार एक कार्यक्रमबीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
उहाँले खाँदबारीमा पहिलोपटक सुविधासम्पन्न कभर्ड हलमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यहाँ राष्ट्रियस्तरका प्रतियोगिताहरू सञ्चालन हुने बताउनुभयो।
भर्खरै मात्र करिब चार करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको कभर्ड हलमा पहिलोपटक प्रतियोगिता सञ्चालन भएको हो। कोशी प्रदेशस्तरीय खुला प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ भने भेट्रान्स डबलमा १०० माथि उमेर समूहका प्रतियोगितामा नेपाल र भारतका गरी २९ टिमको सहभागिता रहेको छ।
त्यसैगरी, संखुवासभा बी डिभिजनअन्तर्गत ५४ टिमको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजीवकुमार श्रेष्ठ (राजु) ले बताउनुभयो। बिहीबार सुरु भएको प्रतियोगिता शनिबार समापन हुनेछ।
प्रतियोगितामा कुल नाै लाख १७ हजार रुपैयाँको खर्च हुने अनुमान गरिएको ब्याडमिन्टन संघका सचिव रुद्रमणि श्रेष्ठले जानकारी दिनुभयो । खाँदबारी नगरपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन भएको र बाँकी रकम विभिन्न दाताबाट सहयोग संकलन भएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा संखुवासभा बी डिभिजन, पुरुष डबल र भेन्ट्रास गरी तीन चरणको प्रतियोगिता सञ्चालन हुनेछ। जसमा संखुवासभा बी डिभिजनतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीयलाई नगद २० हजार, १० हजार र ५/५ हजार रुपैयाँ पुरस्कार रहेको छ।
पुरुष डबलतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीयलाई नगद ६० हजार, ३५ हजार र १०/१० हजार रुपैयाँ रहेको छ। भेन्ट्रासतर्फ क्रमशः प्रथम, द्वितीयलाई नगद ५० हजार, ३० हजार रुपैयाँ र तृतीय दुई टिमलाई नगद ७ हजार ५ सय रुपैयाँ रहेको छ।
उदघाटन कार्यक्रमको तस्बिरहरु :
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #खाँदबारी नगरपालिका, #खेलकुद, #प्रदेश स्तरीय ब्याडमिन्टन, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्