खांदबारीमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु ( उदघाटन तस्बिर सहित )
संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रथम कोशी प्रदेशस्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। बिहीबार एक कार्यक्रमबीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
उहाँले खाँदबारीमा पहिलोपटक सुविधासम्पन्न कभर्ड हलमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यहाँ राष्ट्रियस्तरका प्रतियोगिताहरू सञ्चालन हुने बताउनुभयो।

भर्खरै मात्र करिब चार करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको कभर्ड हलमा पहिलोपटक प्रतियोगिता सञ्चालन भएको हो। कोशी प्रदेशस्तरीय खुला प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ भने भेट्रान्स डबलमा १०० माथि उमेर समूहका प्रतियोगितामा नेपाल र भारतका गरी २९ टिमको सहभागिता रहेको छ।
त्यसैगरी, संखुवासभा बी डिभिजनअन्तर्गत ५४ टिमको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजीवकुमार श्रेष्ठ (राजु) ले बताउनुभयो। बिहीबार सुरु भएको प्रतियोगिता शनिबार समापन हुनेछ।
प्रतियोगितामा कुल नाै लाख १७ हजार रुपैयाँको खर्च हुने अनुमान गरिएको ब्याडमिन्टन संघका सचिव रुद्रमणि श्रेष्ठले जानकारी दिनुभयो । खाँदबारी नगरपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन भएको र बाँकी रकम विभिन्न दाताबाट सहयोग संकलन भएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा संखुवासभा बी डिभिजन, पुरुष डबल र भेन्ट्रास गरी तीन चरणको प्रतियोगिता सञ्चालन हुनेछ। जसमा संखुवासभा बी डिभिजनतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीयलाई नगद २० हजार, १० हजार र ५/५ हजार रुपैयाँ पुरस्कार रहेको छ।
पुरुष डबलतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीयलाई नगद ६० हजार, ३५ हजार र १०/१० हजार रुपैयाँ रहेको छ। भेन्ट्रासतर्फ क्रमशः प्रथम, द्वितीयलाई नगद ५० हजार, ३० हजार रुपैयाँ र तृतीय दुई टिमलाई नगद ७ हजार ५ सय रुपैयाँ रहेको छ।
उदघाटन कार्यक्रमको तस्बिरहरु :


क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #खाँदबारी नगरपालिका, #खेलकुद, #प्रदेश स्तरीय ब्याडमिन्टन, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्