सम्पादनमा क्रियाशिल शक्तिप्रद्धारा निर्देशित ‘तिम्रो खुसीमा’सार्वजनिक
काठमाडौं । एक दशकदेखि फिल्म तथा म्युजिक भिडियो छायांकन र सम्पादनमा क्रियाशिल शक्तिप्रज्वल घिमिरेद्धारा निर्देशित म्युजिक भिडियो ‘तिम्रो खुसीमा’सार्वजनिक भएको छ ।
खुसी इन्टरटेन्टमेन्ट प्रा.लि.द्धारा निर्मित म्युजिक भिडियोमा ऋचा थापा, सुदिप न्यौपाने, अस्मिता विक र मोहन आचार्यको अभिनय रहेको छ ।
ह्वाइट मिडिया प्रा.लि.द्धारा उत्पादित म्युजिक भिडियोमा एलिना चौहानको स्वर रहेको छ भने नृपेश उप्रेतीले शब्द र संगित दिएका छन् । ‘तिम्रो मायाले बाँधेर राख, मेरो सिरानी होस तिम्रो काख’ गितको कभर गाएर चार्चामा आएकी गायिका चौहानले ‘तिम्रो खुसीमा’ पनि उस्तै स्वर भरेकी छन् । म्युजिक भिडियोमा नायिका ऋचा थापाको अभिनय पनि दमदार रहेको छ । यहि म्युजिक भिडियोमा सुदिप न्यौपानेले डेब्यु समेत गरेका छन् ।
श्रव्य दृष्य सामाग्री निर्माण गर्दै आएको ह्वाइट मिडिया प्रा.लि.को सम्पूर्ण टिमको अथक परिश्रम र मेहनतले म्युजिक भिडियोलाई राम्रो भन्दा राम्रो बनाउने प्रयास गरिएको निर्देशक घिमिरे बताउँछन् । लेखक तथा संगितकार तथा खुसी इन्टरटेन्टमेन्टका सञ्चालक उप्रेती स्थापितहरुसँग ससम्मान सहकार्य गर्नुको साथै खुसीको मुख्य उद्देश्य भनेको नयाँ प्रतिभाहरुलाई अवसर दिनु नै रहेको बताउँछन् ।
अबको केही समयभित्र नै खुसी इन्टरटेन्टमेन्ट र ह्वाईट मिडियाको सहकार्य ज्यानमाया बजारमा आउने तयारीमा समेत रहेको छ । जसमा स्वर प्रमोद खरेलको रहेको छ भने शब्द संगित निरपेश उप्रेतीको नै रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #तिम्रो खुसीमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्