Techie IT
बिहीबार, कात्तिक २७,२०८३

संसद भवनको शौचालयमा आत्महत्या गरेका प्रहरीको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा


काठमाडौं । संसद भवनको शौचालयमा आत्महत्या गरेका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

दोलखा घर भएका २२ वर्षीय अजितले बिहान शौचालयमा आफैँले बोकेको बन्दुकले निधारमा गोली हानेका थिए ।

नयाँ बानेश्वरस्थित संघीय संसद सुरक्षा बेसमा उनी विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् थिए ।

गोले संसद् भवनमा बिहान ड्युटी गरिरहनुभएको थियो र सोही क्रममा आफैले बोकेको पेस्तोल आफूमाथि सुट गर्नुभएको थियो ।

जवानले किन आत्महत्या गर्नुभयो भन्ने विवरण खुल्न बाँकी रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्