Techie IT
मंगलबार, वैशाख २३,२०८२

एकपटकको नेपाली सधैँलाई नेपाली : राष्ट्रपति पौडेल


जर्मनी, ३ असार । राष्ट्रपति रामचन्द्र पौडेलले एकपटकको नेपाली सधैँलाई नेपाली हुने बताउनुभएको छ ।

मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलको सम्मानमा आइतबार बर्लिनमा नेपाली राजदूतावासले गरेको विशेष स्वागत तथा सम्मान समारोहमा राष्ट्रपति पौडेलले संसारमा जहाँ पुगेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रथम महिला सविता पौडेल, भ्रमण दलका सदस्य र बर्लिनस्थित नेपालीहरु सहभागी हुनुहुन्थो ।

‘एक पकटको नेपाली सधैँलाई नेपाली हो । जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन तपाईहरुको भूमिका रहनुपर्दछ ।’ राष्ट्रपति पौडेलले भन्नुभएको थियो ।

राष्ट्रपति पौडेलले श्रम र सामाजिक न्यायका लागि आफूले विश्व समुदायलाई अपिल गरिरहेको बताउनुभयो ।

यस अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहाँस्थित नेपालीहरूले स्वागत स्वागत गर्नुभएको थियो ।

राजदूत खड्काले जर्मन नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराउनुभएको थियो । साथै, जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराउनुभएको थियो ।

यस अवसरमा जर्मनमा रहेको गैरआवासीय नेपाली संघका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो ।

राष्ट्रपति पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गर्नुभएको थियो ।

आज राष्ट्रपति पौडेलले समकक्षी जर्मनीका राष्ट्रपति डा. फरयाङक वाल्टर स्टाइनमेयरबीच औपचारिक भेटवार्ता हुने कार्यक्रम रहेको छ । पौडेले मंगलबार स्वदेश फर्कनुहुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एकपटकको नेपाली सधैँलाई नेपाली : राष्ट्रपति पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545