Techie IT
बिहीबार, कात्तिक २७,२०८३

पहिराले मुग्लिन मलेखु खण्ड अवरुद्ध


भरतपुर, असार ३ गते । पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।

सडक निर्माणका क्रममा खनेका ठाउँमा आज विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिनुभयो । उहाँले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #पहिराले मुग्लिन मलेखु खण्ड अवरुद्ध


तपाईको कमेन्ट लेख्नुहोस्