रिलिज भयो वेभसिरिज कुटुम्ब (भिडिओसहित)
काठमाडौं । पछिल्लो समय विभिन्न टेलिशृंखला तथा वेभसिरिज निर्माणको लहर नै चलेको छ । कति सिरिजले आमदर्शकको मन जितेका छन् त कति दर्शकको रोजाइमा पर्न नसकेर किनारा लागेका छन् ।
यहीं परिवेशबीच नवीन कथामा अर्को एउटा नयाँ सामाजिक वेभसिरिज सुरु भएको छ– कुटुम्ब । एक्सन फिल्मसले निर्माण गरेको उक्त सिरिजको पहिलो अंक शनिबार सार्वजनिक भएको हो । युट्युब च्यानल ‘कुटुम्ब अफिसियल’बाट सार्वजनिक भएको उक्त सिरिज हरेक शनिबार साँझ साढे पाँच बजे प्रिमियर हुनेछ । सिरिजको निर्देशन युवराज खत्रीले गरेका हुन् । निर्देशक खत्रीले निर्देशन गरेका थुप्रै चलचित्र तथा म्युजिक भिडिओले दर्शकको मन जितिसकेका छन् ।
उक्त वेभसिरिजमा कलाकारहरु आयुव केसी, सरिता भण्डारी, रोहित कार्की, राजु भुजेल, घनश्याम तिमल्सिना, मौसम खड्का, स्मारिका खनाल, यशु भट्टराई, मिना जिसी, युवराज खत्री, टेक अधिकारी, अनिशा पराजुली र सुष्मा केसीको अभिनय छ । उक्त सामाजिक सिरिजलाई पीएस खतिवडाले लेखेका हुन् । टेक अधिकारी, सरिता भण्डारी र मुक्ति उप्रेती निर्माता रहेको कुटुम्बको सुजन श्रेष्ठले छायांकन गरेका हुन् ।
सिरिजको सह–निर्देशन नविन गिरीले गरेका हुन् भने व्यवस्थापन घनश्याम तिमल्सिनाले गरेका छन् । निर्देशक खत्रीले सिरिजलाई समाजको वास्तविक चित्र बनाउने प्रयास गरिएको बताएका छन् । ‘रगतको नाताभन्दा माथि उठेको आमसम्बन्धका विषयमा सिरिज निर्माण भएको छ’, उनले भने, ‘यस सिरिजले दर्शकको मन जित्नेमा हामी विश्वस्थ छौं ।’
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #वेभसिरिज कुटुम्ब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्