पाल्पामा कार दुर्घटना तीन जनाको मृत्यु, दुई जना घाइते
बुटवल, जेठ ३१ गते । पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार गए राती दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलदेखि तीन किलोमिटर नजिक रहेको पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधवार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सडकदेखि करिब एक सय मिटर तल खसेर भएको दुर्घटनामा स्याङ्जा पुतली बजार घर भई हाल बुटवल –१० बस्दै आउनुभएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल शर्मा), तिलोत्तमा–३ रुपन्देहीकी ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा परी दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपर उपरीक्षक विजयराज पण्डितले दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुई जना घाइते, #पाल्पामा कार दुर्घटना तीन जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्