Techie IT
बिहीबार, कात्तिक २७,२०८३

काठमाडौंको संकटा मन्दिर अगाडि एक बृद्ध मृत फेला


काठमाडौं ३० जेठ । काठमाडौंको संकटा मन्दिर अगाडि एक बृद्ध मृत फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२२ संकटा मन्दिर परिसरभित्र रहेको राजकृति महाविहार मन्दिरको ढोका अगाडि उनी मृत फेला परेका छन् ।

मृत फेला पर्ने बृद्ध दोलखा मेलुङ गाउँपालिका–६ घर भएका ६१ वर्षीय डम्बरबहादुर नेपाली रहेको प्रहरीको भनाई छ । उनी मंगलबार मृत अवस्थामा फेला परेका थिए ।

घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंको संकटा मन्दिर अगाडि एक बृद्ध मृत फेला


तपाईको कमेन्ट लेख्नुहोस्