लु लाई बेवास्ता गर्दा ज्यान समेत जान सक्छ
काठमाडौँ, जेठ ३० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारीले तातो हावा अर्थात ‘लु’ को लक्षण देखिएमा बेवास्ता नगर्न आग्रह गर्नुभएको छ ।
पछिल्लो केही दिनदेखि देशभर तातो हावाका कारण जनजीवन प्रभावित हुँदै गएकाले उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
डा.अधिकारीका अनुसार तातो हावा वा ‘लु’ का कारण मुटुको धड्कन बेस्सरी बढ्ने, रक्तचाप कम हुने, टाउको बेस्सरी दुख्ने, रिङ्गटा लाग्ने, ज्वरो आउने, बेहोस हुने जस्ता लक्षण देखिन्छन् ।
यसलाई बेवास्ता गर्यो भने ज्यानै समेत जान सक्ने हुँदा यदि कसैलाई यस्तो लक्षण देखिएमा मद्दत गर्न उहाँका सुझाव छ ।
‘लु’ लगेका व्यक्तिलाई शीतल ठाउँमा लैजाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिने, बिरामी होसमा भएमा पानी जीवनजल वा झोलिलो खानेकुरा दिने, तर कफी, चिनीको मात्रा धेरै भएको कोल्ड डिक्स, बियर जाँडरकसी नदिने, पङ्खा हम्कने, भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिन उहाँको सुभाव छ ।
यदि बिरामीलाई गाह्रो भएमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजान उहाँले आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लु लाई बेवास्ता गर्दा ज्यान समेत जान सक्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्