कार्यतालिका बनाएर प्रशासनको सेवा

स्याङ्जा, जेठ ३० गते । ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङ्ले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह गर्न थालेको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता वितरणमा राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याएपछि कार्यतालिका बनाएर जेठ २७ गतेबाट सेवा प्रवाह गर्न थालेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्रशासन कार्यालयमा बढ्न गएको चापले सेवा लिन कठिनाई उत्पन्न भएपछि राष्ट्रिय परिचयपत्र आवेदन तथा वितरण कार्यलाई छिटोछरितो र प्रभावकारी बनाउनका लागि हप्ताका विभिन्न बारहरुमा प्रत्येक पालिकाका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आइतबार आँधीखोला गाउँपालिका, सोमबार फेदिखोला गाउँपालिका, मङ्गलबार पुतलीबजार नगरपालिका, बुधबार अर्जुनचौपारी गाउँपालिका, बिहीबार हरिनास गाउँपालिका र शुक्रबार बिरुवा गाउँपालिकाका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी सेवा प्रवाह गरेको पौडेलले बताउनुभयो ।
यस्तै इलाका प्रशासन कार्यालय वालिङ्ले आइतबार र शुक्रबार वालिङ् नगरपालिका, सोमबार भीरकोट नगरपालिका, मङ्गलबार गल्याङ नगरपालिका, बुधबार चापाकोट नगरपालिका र बिहीबार कालीगण्डकी गाउँपालिकाका सेवा दिन थालेको छ ।
ज्येष्ठ नागरिकको हकमा सोही अनुसारको आवश्यक सूचना प्रवाह गरि सहयोग गरिदिन जिल्ला स्थित सबै स्थानीय तहलाई अनुरोध समते गरेको पौडेलले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कार्यतालिका बनाएर प्रशासनको सेवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्