रत्नेचौरमा फूलेको सूर्यमुखीले पर्यटक आकर्षित
म्याग्दी (बेनी), जेठ २९ गते । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा गरिएको सूर्यमुखी फूलको खेतीले पर्यटक आकर्षित गरेको छ । स्थानीय किसानले रत्नेचौरको फाँटमा लगाएको सूर्यमुखी फूलको खेतीले फाँटको सौन्दर्य बढाएको छ ।
सूर्यतीर फर्किएर पहेँलपुर फुलेको सूर्यमुखीमा तस्बिर र भिडिओ खिच्न बेनीका साथै बागलुङबजारबाट समेत पर्यटक आउन थालेको छन् । सूर्यमुखी फूल फुलेर पहेँलपुर हुनथालेपछि आन्तरिक पर्यटकहरू आउन थालेको स्थानीय युवा कुशल शर्माले बताउनुभयो ।
गत वर्ष भारतबाट बीउ ल्याएर परीक्षणको रूपमा सूर्यमुखीको खेती गर्नुभएका सुरत बोगटीले राम्रो आम्दानी गरेपछि अहिले रन्नेचौरका किसानले सूर्यमुखीको व्यावसायिक खेती नै गरेका छन् ।
जिल्लामा नै पहिलो पटक रत्नेचौरमा व्यसायिकरुपमा सूर्यमुखीको खेती गर्नुभएका बोगटीले भन्नुभयो, ‘‘सूर्यमुखी फूल फुल्न थालेपछि बेनी र बागलुङबाट आन्तरिक पर्यटक आउन थालेका छन् । फूल देखेर रमाइरमाई तस्बिर र भिडियो खिचेर फर्किन्छन् ।’’
रत्नेचौरकै बालकुमार कार्कीले यसवर्ष एक रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाएको बताउनुभयो । तेलको बजार अनुसार आगामी वर्ष थप पाँच रोपनीमा खेती विस्तार गर्ने योजनामा रहेको कार्कीको बारी पनि अहिले आन्तरिक पर्यटकका लागि आकर्षण बनेको छ । तेलन बालीअन्तर्गत अहिले रत्नेचौरमा परीक्षणका रूपमा सूर्यमुखी लगाउने कृषकको सङ्ख्या बढेको स्थानीय युवा सन्तोष रावलले बताउनुभयो ।
सूर्यमुखीको फूल फुल्न थालेसँग फोटो खिच्ने र घुम्न आउने आन्तरिक पर्यटनको भिड लाग्ने गरेको स्थानीयहरू बताउँछन् । बेनी नगरपालिकाले आगामी आर्थिक वर्षमा सूर्यमुखी फुलको खेती गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याउने नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रत्नेचौरमा फूलेको सूर्यमुखीले पर्यटक आकर्षित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्