गण्डकीमा दुई मन्त्री थप

लेखनाथ, जेठ २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा सांसद राजीव गुरुङ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र सांसद फणीन्द्र देवकोटा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बन्नुभएको छ ।
उहाँहरू दुवैलाई मङ्गलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । गुरुङ छैटौँ पटक मन्त्री बन्नुभएको हो भने देवकोटा पहिलो पटक मन्त्री बन्नुभएको हो । मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी गुरुङ गण्डकीका सबैजसो सरकारका मन्त्री बन्नुभएको छ ।
देवकोटा गोरखा क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुनुहुन्छ । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता देवकोटालाई माओवादी केन्द्रले कारबाहीअघि बढाएको छ ।
सोमबार माओवादी केन्द्र संसदीय दलको ह्विप उल्लङ्घन गरी देवकोटाले पाण्डे सरकारलाई मत दिनुभएको छ थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाउनुभएको थियो ।
सर्वोच्च अदालतको परमादेशबाट जेठ १६ गते सदनको सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डे नेतृत्वले अझै दुई मन्त्रालय आफैँसँग राख्नुभएको छ । विश्वासको मत दिएको राप्रपा सरकारमा आएपछि मन्त्रिमण्डल पूर्ण हुने कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गण्डकीमा दुई मन्त्री थप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्