सरकारी ठुकुटीको चरम दुरुपयोग , दुई फिट खाल्डो खन्न २६ लाख खर्च
विराटनगर, २३ साउन । विराटनगर महानगरपालिका १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशाला । रंगशालाको बीचमा सानो पोखरी । छेउमा गएर हेर्दा माछाहरू फुत्रुक फुत्रुक गरिरहेको दृश्य । खेल मैदानबीचमा रहेको पोखरी पौडी पोखरी भने हैन । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।
बैजनाथपुर रंगशाालामा क्रिकेटको पिच निर्माण गर्न मन्त्रालयले ४३ लाख बजेट छुट्याएको थियो । उक्त बजेट जिल्ला स्वास्थ्य कार्यालयमार्फत नवीन घिमिरे अध्यक्ष रहेको उपभोक्ता समितिसँग जेठमा सम्झौता गरी क्रिकेट पिच निर्माण गर्न हस्तान्तरण गरिएको थियो ।
समितिले क्रिकेट पिच निर्माण गरिसकेको बिल भर्पाइ पेस गरेर २६ लाख भुक्तानी लिइसकेको छ । समितिले भुक्तानी लिइसकेको भए पनि रंगशालामा क्रिकेट पिच निर्माण गर्ने भन्दै खनिएको खाल्डोबाहेक अन्य कुनै काम भएको छैन ।
आर्थिक वर्ष सकिनलाग्दा खनिएको खाल्डोमा पानी भरिएर पोखरी बनेको छ । समितिले पिच बनाउन फाउन्डेशन निर्माणको सामान्य कामबाहेक अन्य काम नगरे पनि रकम भुक्तानी लिएर अनियमितता गरेको प्रस्ट हुन्छ ।
मन्त्रालयले विराटनगर १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशालामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिच बनाउन ८५ लाख रुपैयाँ बजेट निकासा दिएको थियो । त्यसमध्ये पिच निर्माणका लागि ४३ लाख रुपैयाँ र पिच रोलरलगायत अन्य उपकरण खरिदमा ४२ लाख रुपैयाँ विनियोजन भएको थियो । पिच रोलर, म्याट, ग्रास कटरलगायत उपकरण खरिद गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले खेलकुदको बजेट कार्यान्वयन गर्ने कार्यालय नभएको भन्दै पिच निर्माणको रकम जिल्ला स्वास्थ्य कार्यालयमा निकासा पठाएको थियो । जिल्ला स्वास्थ्य कार्यालय मोरङले उपभोक्ता समितिमार्फत रंगशालामा क्रिकेट पिच बनाउने सम्झौता गरेको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #सरकारी ठुकुटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्