खैरो हिरोईन सहित संखुवासभामा एक भारतीय पक्राउ
खाँदबारी । संखुवासभाको खाँदबारीबाट लागु औषध खैरो हिरोईन सहित एक भारतीय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुधबार खाँदबारीको बसपार्कबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार प्रान्तका बर्ष ३० का एमडी साहेवजान रहेका छन् । साहेबजानबाट २.८ ग्राम लागु औषध खैरो हिरोइन र नगद बीस हजार रुपैयाँ बरामद गरिएको हो ।
भारतीय साहेवजानले केही समयदेखि लागु औषध कारोवार गरीरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
साहेबजान उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अवैध लागुऔषधसहित भारतीय पक्राउ, #नेपाल प्रहरी, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्