एमाले नुवाकोटको अध्यक्षमा मैनाली
नुवाकोट, जेठ २६ गते । नेपाल कम्युनिष्ट पार्टी [एमाले] नुवाकोटको अध्यक्षमा बद्री मैनाली दोहोरिनुभएको छ । पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत आज भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
पाँचसय ९२ मतमध्ये उहाँले तीनसय ४५ मत प्राप्त गर्नुभयो । उहाँका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुईसय ३७ र माधवप्रसाद तिवारीले दश मत प्राप्त गर्नुभयो । प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित हुनुभएको छ ।
बुधबारदेखि सुरु आठौँ जिल्ला अधिवेशनमा विभिन्न ३१ पदमा ८४ जना उम्मेदवार विजयी हुनुभएको छ । कुल २८ जना सर्वसम्मत निर्वाचित हुनुभएको थियो । अधिवेशनमा कुल छ सय १७ जना प्रतिनिधिको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले नुवाकोटको अध्यक्षमा मैनाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्