Techie IT
बिहीबार, कात्तिक २७,२०८३

सामाजिक सौहार्दको प्रतिक वन्दै बटसावित्री पर्व


बर्दीबास, जेठ २४ गते । विवाहित महिलाहरुले अटल शौभाग्य र पतिको दीर्घायुको कामनासहित जिल्लाभर बट सावित्री पर्व मनाएका छन् । यस अवसरमा विवाहित महिलाहरुले बट वृक्षको सामुहिक रुपमा पूजा गर्नुका साथै बरको रुखको फेदीमा काँचो धागोको फेरी बाँधी पतिको अटल सौभाग्यको कामना गर्ने गर्छन् ।

यस दिन महिलाहरुले ब्रत बस्ने र फलफलाहार ग्रहण गर्ने प्रचलन छ । स्कन्द पुराण अनुसार सावित्रीले यमराजलाई बाध्य पारेर ३ वटा बरदान प्राप्त गरि बट बृक्षमुनि मृत रहेका आफ्ना पति सत्यवानलाई पुर्नजीवित पारेको प्रतिकको रुपमा यो पर्व मनाइन्छ । विगत केही समयले बटसावित्री पर्व सामाजिक सौहर्दको प्रतिकको रुपमा विकशित हुँदै गएको छ।

विगतमा दक्षिणीवर्ती समाजमा मनाइने यो पर्व अब उत्तरी भेगका महिलाहरुले पनि मनाउनु थालेका छन् । यो पर्वले समाजमा एकता र अपनत्व र सह अस्तिव कायम गर्न योगदान पु¥याएको जनाइएको छ । बर्दीबास १ की ७० वर्षीय हिरामाया श्रेष्ठ आफ्नी बुहारी सर्मिलासँग बट सावित्रीे वर्त बस्नुभएको छ । उहाँले यो पर्व पनि तीज जत्तिकै पवित्र र पौराणीक भएकोले आफुले छोरी बुहारीकासाथ मान्दै आएको बताउनुभयो ।

श्रीमानको सुस्वास्थ, दीर्घायु र स्नेहको गाँठो बलियो हुने कामनासाथ यो पर्व मनाउँदै आएको बताउनुभयो । नव विवाहित पनि यो पर्वप्रति उत्तिकै आस्था देखिएको छ । महिना दिनअघि मात्र विवाह भएकी बर्दीबास १ कै शशीकला श्रेष्ठ त श्रीमानसाथ बट वृक्षको पूजा गर्नु भएको छ ।

श्रीमानको जागिरको कारण बर्दीबासमा बस्दै आउनुभएकी सप्तरीकी संगीता देव र दुर्गा मिश्रले श्रीमानको दीर्घ जीवनका साथै उत्तरोत्तर प्रगति र सुख, सौहार्द र प्रेपमूर्ण दाम्पत्यको लागि यो पर्व मनाउने गरेको बताउनुभयो । “पर्व पवित्र हुने भएकोले यसलाई आस्थापूर्वक मनाउँदा चिताएको कुरा पग्ने विश्वाशका साथ यो पर्व पनि मनाउने गरेका छौं,” देवले भन्नुभयो । धर्म आस्था आफ्नो ठाउँमा छ । वृक्षको पूजामा केन्द्रित बटसावित्री पर्वले पर्यावरण संरक्षणमा पनि सकारात्मक सन्देश प्रवाह भएको जिल्ला वन अधिकृत (डिएफओ) संतोष झाले बताउनुभयो ।

“साथै यो पर्वको कारण बट वृक्षमुनि एकत्रित भएका महिलाले सामाजिक एकता र अपनत्व बढाउन पनि उत्तिकै भूमिका निर्वाह गरेको छ,” झाले भन्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सामाजिक सौहार्दको प्रतिक वन्दै बटसावित्री पर्व


तपाईको कमेन्ट लेख्नुहोस्