काठमाडौँका ४७३ निजी विद्यालयबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्ति (नामावली सहित)
काठमाडौँ, जेठ २४ गते । काठमाडौँका ४७३ निजी विद्यालयले १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ । काठमाडौँ महानगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाले बिहीबार विद्यालयको नाम र छात्रवृत्ति उपलब्ध गराउनु पर्ने विद्यार्थी सङ्ख्या सहितको सूचना प्रकाशन गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५०, काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था लागु गर्न महानगरले पहल सुरु गरेको छ ।
हालसम्म अन्य क्षेत्रमा यो व्यवस्था लागु हुन सकेका छैन । निजी विद्यालयहरूले विद्यार्थी माथि चर्को सुल्क मात्र सङ्कलन गर्ने तर छात्रवृत्ति भने नदिने गरेको महानगरको अनुगमनले देखाएको छ । केही विद्यालयले भने प्रक्रिया विना नै आफन्त र आफूखुसी मन खुसी पाराले छात्रवृत्ति उपलब्ध गराउने गरेको समेत पाइएको छ । गरिब जेहेन्दार र अध्यनशिल विद्यार्थीका लागि यो छात्रवृत्ति उपलब्ध गराउनु पर्ने महानगरले जनाएको छ ।
यो व्यवस्था कार्यान्वयन गराउन पटक पटक अनुरोध गरेपछि जेठ २३ गते सम्ममा देहायका ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएका सूचनामा उल्लेख गरेको छ ।
यसै साथ अन्य छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरूले तीन दिन भित्र कार्यालयमा विवरण उपलब्ध गराउन सूचित गरेको छ । विवरण उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने र कुनै जोखिम या असर परे त्यसको जबाफदेहिता विद्यालय स्वयंले व्यहोर्नु पर्ने महानगरले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँका ४७३ निजी विद्यालयबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्ति (नामावली सहित)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्