Techie IT
बिहीबार, कात्तिक २७,२०८३

मदन भण्डारी स्मृती पार्कमा लागेको आगलागी नियन्त्रणमा


काठमाडौँ, जेठ २३ गते । काठमाडौँको तीनकुनेस्थित मदन भण्डारी स्मृती पार्कमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित मदन भण्डारी स्मृती पार्कमा बुधबार भएको आगलागी सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा आएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सहायक प्रवक्ता थापाका अनुसार सोही ठाउँमा रहेको जीवन रेग्मीको चार तल्ले घरमा दिलीप कुमार शाहले सञ्चालन गर्दै आएको चाउचाउ, विस्कुट गोदाममा ग्यास लिकेज भई आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि नं. २० विपद् उद्धार गण सिनामङ्गलबाट खटिएको सुरक्षा फौज सकृयताकासाथ जुटेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मदन भण्डारी स्मृती पार्कमा लागेको आगलागी नियन्त्रणमा


तपाईको कमेन्ट लेख्नुहोस्