Techie IT
बिहीबार, कात्तिक २७,२०८३

विश्व वातावरण दिवसको अवसर मानसिंह धर्म स्काउट ट्रुपद्धारा जनचेतनामुलक र्याली


विश्व वातावरण दिवसको अवसर मानसिंह धर्म स्काउट ट्रुपद्धारा जनचेतनामुलक र्याली गरिएको छ।

“भूमि पुनर्स्थापना, मरुभूमिकरण, र खडेरी लचिलोपन” भन्ने विश्व वातावरण दिवसको मूल नारा सहित जुन ५ का दिन मानसिंह धर्म स्काउट ट्रुपले जनचेतना फैलाउनका लागि तारकेश्वर नगरपालिका वडा नं १० र ११ मा र्यालीको आयोजना गरेको छ । उक्त कार्यक्रममा स्काउट ट्रुपका अध्यक्ष एवम् मानसिंह धर्म मा.विका प्रधानाध्यापक केदार प्रसाद गजुरेल, शिक्षकहरु, स्काउटरहरु, विद्यार्थीहरु, प्रहरीहरु, समाजसेवी तथा बुद्धिजिवीहरुको उल्लेख मात्रमा उपस्थिति थियो ।

आज आयोजित र्यालीको उद्देश्य बारेमा स्काउट मास्टर जितेन श्रेष्ठ बताउनुहुन्छ “विश्व वातावरण दिवसले समस्याहरूलाई प्रकाशमा ल्याउँछ, कार्यको तयारी गर्छ, र पारिस्थितिक स्थायित्वलाई बढावा दिन्छ। अभियानहरू मार्फत मानिसहरूलाई परिवर्तनहरू गर्न उत्प्रेरित गर्छ, दिगो भविष्यका लागि वातावरणीय कठिनाइहरूको सामना गर्ने इच्छा जगाउँछ।

” मानसिंह धर्म स्काउट ट्रुपले वातावरण दिवसको शुभकामना: • हामी सबैले आउँदो पुस्ताका लागि हाम्रो ग्रहको रक्षा गर्न मिलेर काम गरौं।  सफा हावा, सफा पानी, र सबै जीवित चीजहरूको लागि उज्ज्वल भविष्यको कामना।  दिगो भोलिको लागि आज परिवर्तनको बीउ रोपौं। •रुख रोप्नुहोस्! रूखहरूले हाम्रो हावा सफा गर्छन् र वन्यजन्तुहरूको लागि घरहरू प्रदान गर्छन्।

घटाउनुहोस्, पुन: प्रयोग गर्नुहोस्, पुन: प्रयोग गर्नुहोस्! यसले वातावरणलाई हानि पुर्‍याउने फोहोरलाई कम गर्न मद्दत गर्छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विश्व वातावरण दिवसको अवसर मानसिंह धर्म स्काउट ट्रुपद्धारा जनचेतनामुलक र्याली


तपाईको कमेन्ट लेख्नुहोस्