मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेन , १ अर्बको ठेक्का, प्रगति शून्य

मनाङ, २२ साउन । विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीय बताउँछन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।
काठेपुलको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय तथा पर्यटकहरु । काठेपुलबाट यात्रा गर्दा खसेर मरिएला भन्ने डरले आक्रान्त बनेको स्थानीय फिन्जो लामाले बताउनुभयो ।
ठेकेदार कम्पनी द क्याराभानले मनाङमा १ अर्ब बढीको ठेक्का ओगटे पनि काम गरेको छैन । कम्पनीले मनाङका ६ वटा मोटरेबल पुल र एउटा सडक स्तरोन्नतिको जिम्मा पाएको वर्षौं बितिसक्दा पनि अधिकांश आयोजनाको प्रगति शून्य नै छ । ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण मनाङका स्थानीय र पर्यटकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
मनाङका निम्न ठाउँमा यस्तो सम्झौता गरेको पाईन्छ । कम्पनीले दूधखोला मोटरेबल पुल, तिमाङ खोला पुल, पिसाङ खोला पुल, मुङ्जे खोला पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण सम्पन्न गर्नु त परैको कुरो हालसम्म प्रगति शून्य भएको छ अझै प्रक्रियामा रहेको छ ।
यस्तै चामे–स्वर्गद्वारी सडक स्तरोन्नितका लागि ११ करोड रहेको सडक डिभिजन कार्यलयको तथ्यङकमा रहेको छ । यी सबै ठेक्का एउटै कमपनीले लिएर समयमा काम नगर्दा समेत सडक डिभिजन कार्यालय मौन रहेको छ । कतै सडक डिभिजन कार्यालका कर्मचारी नै संलग्न रहेका छन् कि भनी आशंका पैदा भएको छ ।
उसो त ठेकेदार कम्पनी क्याराभानले लमजुङ र मनाङको सिमानामा निर्माण गरेको मोटरेवल पुल बगाएपछि सिधा यातायात चल्न सकेको छैन । कमजोर ठाउँमा पुल निर्माण गरेकाले पुल बगाएको जानकार बताउँछन् । यति मात्रै होइन क्याराभानले माथिल्लो मनाङको हुम्दे र ङावल जोड्ने गरी मस्र्याङ्दी नदीमा निर्माण गरेको पुल समेत भत्किएको छ
मनाङमा कामभन्दा पनि ठेक्का ओगटेर राख्ने क्याराभानलाई पटकपटक म्याद थप्ने तर काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्नेमा उल्टै सडक डिभिजन कार्यालय दमौली भौगोेलिक विकटतालाई दोष दिन्छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्