Techie IT
बिहीबार, कात्तिक २७,२०८३

वैतेश्वरमा बजार अनुगमन


 जेठ २१ गते । दोलखाको जिल्लाको बैतेश्वर गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । खासगरि जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन हुने भएपनि गाउँपालिकाले पटकपटकअ छड्के बजार अनुगमन गर्ने गरिन्छ ।

आइतबार गरिएको छड्के बजार अनुगमनको क्रममा ४ लाख भन्दा बढीको अखाद्य वस्तु फेला परेको गाउँपालिकाले जनाएको छ । बजार अनुगमन टोलिले गाउँपालिकाको मुख्य बजार क्षेत्रको अनुगमनको क्रममा म्याद गुज्रिएका अखाद्यवस्त आगोले जलाएर नष्ट गरिएको बैतेश्वर गाउँपालिकका अध्यक्ष छवि लामाले बताउनुभयो ।

गाउँपालिकाले स्थानीय उद्योग वाणिज्य संघ, इलाका प्रहरी चौकी, स्थानीय सञ्चार माध्यम सँग समन्वय गरेर गाउँपालिकाको स्थानीय बजार अनुगमन टोलिले बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब चार लाख मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको अध्यक्ष लामाले जानकारी बताउनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको अध्यक्ष लामाले बताउनुभयो ।

गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको उहाँले बताउनुभयो । बजारका धेरैजसो ठूला खाद्यान्न पसल र गाउँका पसलमा म्याद गुज्रिएको सामान फेला परेको गाउँपालिका प्रशासन प्रमुख रवीन्द्र चौलागाईंले बताउनुभयो । उहाँका अनुसार म्याद गुज्रिएका सामानमा कोकाकोला, खाने तेल, दालमोट, आटा पिठो, भुजिया, बिस्कुट, चकलेट, चिजबल, चियापत्ति, कफी, दाल, चामल,चिउरा ,मसला लगायत छन् ।

म्याद गुज्रिएको सामान नियन्त्रणमा लिएर आइतबार नै नियन्त्रणमा लिएको अखाद्य वस्तु जलाएर नष्ट गरिएको चौलागाईंले बताउनुभयो । अनुगमन टोलि पालिकाका एक सय भन्दा बढी पसल अनुगमन गरेको थियो ।

अनुगमनमा बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली, कार्यपालिका सदस्य ठूलीकान्छी बिक, पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी ईलाका प्रहरी कार्यालय मैनापोखरीका र पुतलीकाठ प्रहरी चौकीका सुरक्षाकर्मी, उद्योग वाणिज्य संघ मैनापोखरी शाखाका, पत्रकार लगायतको अनुगमन टोलि रहेकोे थियो । पालिकाले बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । गाउँपालिका गत दशैमा गरेको बजार अनुगमनका क्रममा पनि करिब १० लाख बराबरको अखाद्य वस्तु नष्ट गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #वैतेश्वरमा बजार अनुगमन


तपाईको कमेन्ट लेख्नुहोस्