८ जना व्यक्तित्व र २ संस्थालाई एभरेष्ट एक्सिलेन्स अवार्ड
काठमाडौं । राष्ट्रिय आयामका विभिन्न क्षेत्रमार्फत समाजको उन्नयन र विकासमा योगदान पुर्याउने ८ जना व्यक्तित्व र दुई संस्थालाई एभरेष्ट एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । शनिवार एभरेष्ट इभेन्टद्वारा प्रज्ञा भवनमा आयोजित मिस्टर एण्ड मिस एस।ई।ई। सुपर मोडलको तेस्रो संस्करण समारोह माझ उनीहरुलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । पाचौं संस्करणको उक्त अवार्डबाट सम्मानित हुनेमा बुद्ध एयर, रुटिन अफ नेपाल बन्द, राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं राज्यदैनिकका कार्यकारी सम्पादक सरोज ओझा, नायक धिरेन शाक्य, ग्लोबल अनलाईन पेका सिईओ डेभिल सिंह राजपुत, चरित्र अभिनेत्री हिउँवाला गौतम, चलचित्र प्राविधिक एवं चलचित्र सेन्सर बोर्डका सदस्य राजेश महर्जन, ब्लु डायमण्डकी संस्थापक एवं सामाजिक अभियन्ता सितल पिँकी गुरुङ र इभेन्ट आयोजक एवं निर्देशकद्धय रवि धमला तथा राजन बुढाथोकी छन । उनीहरुलाई एभरेष्ट इभेन्टका सिईओ कृष्ण श्रेष्ठ (रुबिन)ले सम्मान पत्र हस्तान्तरण गरेका थिए । संस्थागततर्फ दिईएको अवार्डमा बुद्ध एयरकातर्फबाट रत्न र रुटिन अफ नेपाल बन्दकातर्फबाट रियाशा दाहालले सम्मान पत्र ग्रहण गरेका थिए ।
आफनो क्षेत्रमा खेल्दै आएको भूमिका र योगदानको कदर रुवरुप उनीहरुलाई उक्त अवार्ड प्रदान गरिएको एभरेष्ट इभेन्टका सिईओ कृष्ण श्रेष्ठ (रुबिन)ले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्