Techie IT
बिहीबार, कात्तिक २७,२०८३

बालबालिकालाई काममा लगाउने कार्य पहिलेको तुलनामा घट्यो


काठमाडौँ, । उमेर नपुगेका बालबालिकालाई काममा लगाउने कार्य पहिलेको तुलनामा घटेको पाइएको छ । समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) ले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले बालबालिकालाई श्रममा लगाउनमा सवै वर्ग सचेत भइरहेको बताएका छन् ।

होटेल,इटा उद्योग लगायत ठाउँमा बालबालिकाको प्रयोग पहिलेको तुलनामा घटेको बताइएको हो । बालश्रम विरुद्धको विश्व यात्रा दक्षिण एसिया संयोजक मिलन धरेलले प्रतिवेदन प्रस्तुत गर्दै कुनै पनि बालबालिकालाई कानून विपरीत काममा लगाउन नपाइने बताउनुभयो । उहाँले अभिभावकले पनि आफ्ना बालबालिकालाई कानून विपरीत काममा नलगाउन आग्रह गर्नुभयो । उहाँले कतिपय रोजगारदाताले कानूनमा भएका कुरा थाहा नपाएर बालश्रममा लगाउने गरेको पाइएको बताउनुभयो ।

उहाँले स्थानीय तह चनाखो भएर आफ्नो ठाउँको बालबालिका कतै बालश्रममा त परेका छैनन भनेर खोजी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा दिपेन्द्र तिवारीले अझै पनि बालश्रम रहेको भन्दै सरकारले कडाईका साथ बालश्रममुक्त क्षेत्र बनाउन नसकेको बताउनुभयो ।

उहाँले इटा उद्योग, खाजा घरमा पहिल्यैको तुलनामा बालश्रम नभएको बताउनुभयो । कार्यक्रममा बालश्रम तथा बाल सहभागिताको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #(सिविस


तपाईको कमेन्ट लेख्नुहोस्