Techie IT
बिहीबार, कात्तिक २७,२०८३

खांदबारीमा कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने (तस्बिरहरु)


खांदबारीमा प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने

खांदबारी – संखुवासभा सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउँदो असार ६ देखि ८ गतेसम्म हुनेछ ।


जिल्ला ब्याडमिन्टन संघले खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो ।


प्रतियोगितामा पुरुष डबलतर्फ विजयी हुने टिमले जनही ६० हजार रुपैयाँ पाउने छन् । उपविजेताले ३५ हजार रुपैयाँ पाउने संघका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो ।

भेट्रान्सतर्फका विजयीले भने जनही ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक जानकी बल्लभ पोख्रेल बताउनुभयो । प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्