नरेन्द्र मोदीले थाले ४५ घण्टे ध्यान
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४५ घण्टे ध्यान शुरु गरेका छन् । उनी कन्याकुमारीको विवेकानन्द रक मेमोरियल ध्यान मन्डपममा ४५ घण्टे ध्यानमा बसेका हुन् ।
उनी शनिबारसम्म ध्यानमा रहने छन् । मोदीले त्यही ठाउँमा ध्यान गरिरहेका छन् जहाँ सन् १८९२ मा स्वामी विवेकानन्दले ध्यान गरेका थिए ।
लोकसभा चुनावको प्रचारप्रसार सकिएसँगै मोदी बिहीबार साँझ कन्याकुमारी पुगेका थिए । उनले त्यहाँ सबैभन्दा पहिले भगवती देवी अम्मन मन्दिरमा पूजा गरेका थिए ।
सो क्रममा उनले लुंगीसमेत लगाएका थिए । पूजारीले उनलाई विशेष आरती र प्रसाद गराएका थिए ।
मोदी ध्यान मन्डपममा रहेका बेलामा कन्याकुमारीमा दुई हजार सुरक्षाकर्मी तैनाथ रहेका छन् । यसका अलावा सुरक्षाका लागि तमिलनाडु पुलिसको कोस्टल सेक्युरिटी ग्रुप, कोष्ट गार्ड र नेभी पनि तैनाथ रहेका छन् ।
ध्यान गर्नका लागि चुनाव आयोगले कुनै आचार संहिता उल्लंघन नहुने जनाएको छ । विपक्षी कांग्रेसले बुधबारमात्रै ध्यान यात्रा आचार संहिता विपरीत भएको जनाएको थियो ।
यसअघि सन् २०१९ को अन्तिम चरणको मतदानअघि पनि मोदी ध्यानमा बसेका थिए । त्यतिबेला उनी केदारनाथको रुद्र गुफामा १७ घण्टे ध्यानमा बसेका थिए ।
शनिबार लोकसभाको सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । मंगलबार मतगणना हुनेछ ।
मोदी लगातार तेस्रो पटक सरकारको नेतृत्व नजिक रहेका छन् । विभिन्न सर्वेक्षणले मोदीलाई नै फेरि सरकारको नेतृत्व गर्ने बताइरहेका छन् ।
अनुमान मोदी सरकार निरन्तर
इन्डिया टुडे ग्रुपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार भाजपा सम्मिलित नरेन्द्र मोदी नेतृत्वको सरकारले लगातार तेस्रो पटक अर्थात सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने दाबी गरिएको छ ।
मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । उनको काम र शैलीसँगै उनको प्रसिद्धिका कारण पनि भाजपाले तेस्रो पटक मोदीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको हो ।
५४३ सिटमध्ये एनडीएले ३३५ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेस आई सम्मिलित इन्डिया ब्लकको खातामा १६६ तथा अन्यलाई ४२ सिट जाने अनुमान गरिएको छ ।
भाजपा एक्लै लड्दासमेत ३०४ सिट जित्ने सर्वेक्षणले दाबी गरेको छ । कांग्रेसले ७१ तथा अन्य दलहरुले १६८ सिट जित्ने अनुमान गरिएको छ ।
प्रदेशअनुसार फरक फरक सिट जित्ने अनुमान गरिएको छ । यस्तो छ सर्वेको आँकडा–
उत्तर प्रदेशमा रहेको ८० मध्ये भाजपाले ७० सिट जित्न सक्नेछ । समाजवादीले ७, अपना दलले २ तथा कांग्रेसले मात्र १ सिट जित्ने दाबी गरिएको छ ।
बिहारको ४० सिटमध्ये भाजपाले ३२, आरजेडी र कम्युनिष्ट पार्टीहरुले ७ तथा कांग्रेसले १ सिट जित्न सक्नेछ ।
पश्चिम बंगालका ४२ मध्ये भाजपाले १९ तथा कांग्रेसले मुस्किलले एक सिट जित्न सक्नेछ । तृणमूलले २२ सिट जित्न सक्नेछ ।
महाराष्ट्रका ४८ मध्ये भाजपाले २२, कांग्रेसले १२ तथा शिवसेना, यूबीटी र एनसीपीले १४ सिट जित्न सक्नेछ ।
मध्यप्रदेशमा २९ सिटमध्ये भाजपाले २७ तथा कांग्रेसले २ सिट जित्ने आँकलन गरिएको छ ।
त्यस्तै सर्भे अनुसार राजस्थानको २५ सिटमा भाजपाले क्लिन स्वीप अर्थात सबै सिट जित्नेछ ।
झारखण्डको १४ सिटमध्ये भाजपाले ११ जेएमएमले २, एजेएसयूले १ सिट जित्दा कांग्रेस रित्तिने सर्वे गरिएको छ ।
पञ्जाबको १३ सिटमा कसैले पनि बहुमत नल्याउने अनुमान गरिएको छ । जसमा कांग्रेस र आम आदमी पार्टीले समान ५–५ सिट जित्दा भाजपाले २ तथा अकाली दलले १ सिट जित्ने अनुमान गरिएको छ ।
हरियाणाको १० सिटमध्ये भाजपाले ८ सिट जित्नेछ भने कांग्रेसले २ सिट जित्नेछ । आइएएनएलडीले कुनै सिट नजित्ने अनुमान गरिएको छ ।
तेलंगानाको १७ सिटमा कांग्रेसले १० सिट जित्ने अनुमान गरिएको छ । यहाँ कांग्रेसले ७ सिटमा सुधार गर्ने अनुमान भइरहेको हो । भाजपाले ३ सिट जित्दा टीआरएसले ३ सिट तथा एआईएमआईएमले १ सिट जित्ने अनुमान गरिएको छ ।
असमको १४ सिटमा भाजपाले १२ सिट, कांग्रेसले २ सिट तथा एआईयूडीएफले कुनै सिट नजित्ने अनुमान गरिएको छ ।
तमिलनाडुको ३९ सिटमा डीएमकेले ३१ तथा कांग्रेसले ८ सिट जित्दा भाजपाले खाता नै नखोल्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नरेन्द्र मोदी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा







तपाईको कमेन्ट लेख्नुहोस्