माईतीको सम्झनालाई समेटेको मार्मिक तीज गीत ‘हे मेरी आमा’ सार्वजनिक
काठमाडौं । चर्चित गायक तथा निर्देशक नारायण रायमाझीले तीजको मार्मिक गीत सार्वजनिक गरेका छन् । दर्शक-श्रोताहरुको रूचीसँगै नेपाली सांगीतिक बजारमा तीज गीतको बाढी नै चलिरहेको बेला नयाँ स्वादको मर्मिक गीत ‘हे मेरी आमा ‘ सार्वजनिक गरेका हुन् ।
दिनहुँ युट्युबमा तीजका गीतहरू अपलोड भईरहेका बेला तीज गीतको बाढी छिचोल्दै नेपाली चेलीहरुको कथा व्यथा समेटिएको मौलिक कथा झल्काउने मार्मिक गीत रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो । महिलाका वेदना र माईतीको सम्झनालाई समेटेको अति मार्मिक गीतमा देवी घर्तीको स्वर रहेको छ ।
शब्द रचना रमेश बिजीको रहेको छ । लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ । एरेन्ज बि.बि. अनुरागीको रहेको गीतलाई छायांकन/सम्पादन/कलर मिराज अर्यालले गरेका छन् । परिकल्पना/निर्देशन नारायण रायमाझीको नै रहेको छ ।
अन्य कलाकारहरुमा अनुष्का अधीकारी,हिमाला गौतम,रमेश के.सी. मट्टारे अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी, बिन्दु खड्का, सुमित्रा तामाड्, एलीना ठकुरी, सरु राई, सोनीका गज्मेर, बिपना के.सी., सन्देश रायमाझी रहेका छन् ।
नेपाली लोक गीत संगीतका सर्जक नारायण रायमाझीले यसअघि पनि धेरै नेपाली मौलिक लोक गीतहरु सार्वजनिक गरिसकेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #हे मेरी आमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्