नौ दिनदेखि महिला बेपत्ता
ढल्केबर, जेठ १४ गते । धनुषाको ढल्केबरबाट एक जना महिला नौ दिनदेखि बेपत्ता भएकी छन् । मिथिला नगरपालिका–६, ढल्केबरका श्रीराम यादवकी ४३ वर्षीया श्रीमती सुभद्रा भन्ने मनकुमारी यादव नौ दिनदेखि बेपत्ता हुनुभएको हो ।
जेठ ६ गते दिउँसोबाट उहाँ बेपत्ता रहेको उहाँको श्रीमान यादवले बताउनुभयो । कोही कसैलाई कुनै जानकारी नदिई घर छोडेर हिँडेको र खोजतलास गर्दा पनि फेला नपरेको उहाँको भनाइ छ ।
उहाँले बेपत्ता श्रीमती सुभद्राको खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय ढल्केबरमा उजुरी दिनुभएको छ ।
सुभद्राको खोजीका लागि उजुरी आएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले बताउनुभयो । उहाँले बेपत्ता सुभद्राको खोजतलास भइरहेको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नौ दिनदेखि महिला बेपत्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्