चन्दा सङ्कलनबाट मलामी विश्राम गृह निर्माण
ढल्केबर, जेठ १४ गते । धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित शवदाह स्थल रातु मुक्तिधाममा स्थानीयले चन्दा सङ्कलन गरेर मलामी विश्राम गृह निर्माण गरेका छन् । दाहसंस्कारमा सहभागी हुन आउने मलामीको सुविधा हेतु सो मलामी विश्राम गृह निर्माण गरिएको हो ।
रातु मुक्तिधाम समितिका अध्यक्ष ध्रुवप्रसाद गजुरेलले स्थानीयबाट सङ्कलन गरिएको करिब सात लाख रुपियाँको लागत विश्राम गृह निर्माण गरिएको बताउनुभयो । विश्राम गृहमा करिब एक सय जनालाई बस्न फलामको कुर्सी, पानी, बिजुली र वाइफाईको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोही विश्राम गृह नजिक चन्दा सङ्कलनबाटै तीन लाख रुपियाँको लागत दाउरा भण्डारण गृहसमेत निर्माण गरिएको छ । यस कामका लागि कुनै निकायबाट आर्थिक स्रोत उपलब्ध नभएपछि स्थानीयबाट चन्दा सङ्कलन गरिएको अध्यक्ष गजुरेलको भनाइ छ ।
यही कामका लागि गत आर्थिक वर्षमा मधेश प्रदेश सरकारले २० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । सो बजेट परिचालन गर्न कमिसन दिन नसकेपछि बजेट फर्केर गयो । मिथिला नगरपालिकाको कार्यालयसँग पनि पटकपटक सहयोग माग गर्यौ । कहीँ कतैबाट सहयोग प्राप्त नभएपछि चन्दा सङ्कलन गरेर मलामी गृह र दाउरा भण्डार निर्माण गरेका छौँ, उहाँले भन्नुभयो ।
मुक्तिधाम क्षेत्रमा व्यवस्थित शव जलाउने आर्यघाट निर्माण गर्ने समितिको योजना रहेको बताउँदै उहाँले यस ठाउँमालाई रमणीयस्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । अध्यक्ष गजुरेलले सोही ठाउँ नजिक जेष्ठ नागरिक र सेवा निवृत कर्मचारी समाजको सात लाख रुपियाँ आर्थिक सहयोगमा ज्येष्ठ नागरिक चौतारो निर्माण गरिहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #चन्दा सङ्कलनबाट मलामी विश्राम गृह निर्माण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्