सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल
कञ्चनपुर, जेठ १४ गते । शुक्लाफाँटा नगरपालिका-४ का किसानलाई सिँचाइ सुविधा प्रदान गर्नका लागि चालु आवमा १३ वटा स्यालोट्युबवेल ५० प्रतिशत अनुदानमा जडान गरिएको छ । किसानलाई समूहमा आबद्ध गरी स्यालोट्युबवेल जडान गरिएको हो ।
एक समूहमा २० देखि २५ जना किसान आबद्ध छन् । वडाध्यक्ष कमल ठकुल्लाका अनुसार दातृ निकायबाट छ, वडा कार्यालयबाट पाँच र नगरपालिका कार्यालयको कृषि शाखाबाट दुई गरी १३ स्यालोट्युबवेल जडान गरिएको छ । ट्युबवेल जडानका लागि कूल लागतको आधा खर्च समूहले र आधा खर्च वडा, नगरपालिका र दातृ निकायले व्यहोरेका छन् । स्यालोट्युवेल जडानले १० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।
“खेतमा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमै खेती गर्नुपर्ने बाध्यता थियो”, स्थानीय किसान परमानन्द अवस्थीले भन्नुभयो, “स्यालोट्युबवेल जडान गरिएपछि समयमै धानको बीउ छर्न पाएका छौँ, रोपाइँ पनि समयमै हुने भएकाले धानको उत्पादन अरु वर्षको तुलनामा अधिक हुनेमा ढुक्क छौँ ।” स्यालोट्यबवेल जडान भएका केही किसानले यस वर्षदेखि नै व्यावसायिकरुपमा तरकारी खेतीमा संलग्न भएको वडा सदस्य मनिदत्त पन्तले बताउनुभयो ।
उहाँका अनुसार असैनालगायत क्षेत्रका किसानले तरकारीखेतीसँगै वसन्ते मकैखेती गरेर आम्दानी लिन थालेका छन् । सिँचाइ सुविधा भएपछि केही किसानले उखुखेतीसमेत गर्न थालेका छन् । किसानलाई व्यावसायिक कृषितर्फ डोर्याउनका लागि वडा कार्यालयले आगामी आवमा प्रविधि हस्तान्तरण, बीउ, मललगायतमा अनुदान दिने कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्