सर्बसाधारणको रोजाईमा तारकेश्वर लामबगरको मिस्टर केक , दश हजार देखी एक लाख सम्मको शेयर सदस्य बन्न पाइने

तारकेश्वर काठमाडौ । काठमाडौंको तारकेश्वरनगरपालिका लामबगर अहिले डेलिसियस बेकरीका लागि चर्चित छ । केहि साता अघिमात्र संस्थापक लक्ष्मण तिमिल्सिना र उनका केही साथीहरुद्धारा संचालित मिस्टर केकको चर्चा हुन थालेको हो । मिठो स्वाद र ताजा केक विभिन्न डिजाइनमा पाइने भएकाले पनि छोटो अवधिमानै स्थानीयहरुको रोजाई बन्न सफल भएको छ यो बेकरी ।
७ जना कर्मचारी रहेको मिस्टर केकलेसामाजिक संजालमा यो केक कम्पनीले आफ्नो आर्कषक विज्ञापन गरेको पाइन्छ । केक व्यवसायका सञ्चालक लक्ष्मण तिमिल्सिनाका अनुसार अनलाईन केक डेलीभरी गरेर यो केक चर्चित बनेको छ । मिठो,सस्तो र सेवा सहज भएकाले ग्राहकहरुले आफूहरुको उत्पादन मन पराएको बताउँछन् ।
केकको डिजाइनदेखि विभिन्न स्वादमा केक तयार पार्ने गरेका कारण यो केक लोकप्रिय छ । सामान्य डिजाइन भन्दा पनि आधुनिक डिजाईनमा केक बनाउने भएकाले पनि यो केक युवा पुस्तामाझ लोकप्रिय छ ।
मिस्टर केकले अव केही समयमै डेरी , तोरीको तेल मिल संचालनमा ल्याउने भएको छ । बिभिन्न संघ संस्था , करपोरेट हाउसहरुसंग समन्वयन गरेको छ भने यो केक सामुदायीक रुपमा संचालन भएको छ । जस अनुरुप सर्बसाधारणले रु दश हजार देखी एक लाख रुपैया सम्म शेयर राख्न पाउनेछन भने मुनाफाको प्रतिफल समेत पाउनेछन । मिस्टर केकका सदस्यहरुलाई ग्राण्डी अस्पाताल , ग्रिन सिटि अस्पताल र चिरायु अस्पतालमा दश प्रतिशत छुट हुने संचालक लक्ष्मण तिमिल्सिनाको भनाई छ ।
नेपालमा पछिल्लो समय हरेक केकको प्रयोग बढेको छ । युवा पुस्ता मात्रै हैन वृद्धले समेत आफ्नो जन्मदिन, वैवाहिक वर्षगाँठलगायतका पर्वमा केक काट्ने प्रचलन अनिवार्य जस्तै भएको छ । विशेषतः विवाहोत्सव वा विभिन्न सङ्घ संस्थाको वार्षिकोत्सव, आफन्तको विदेश यात्रा होस् वा विदेशबाट फर्केको दिन केही रमाइलो गर्न पर्यो भने केक काटेर रमाइलो गर्ने कार्य अनिवार्य जस्तै भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दश हजार देखी एक लाख सम्मको शेयर सदस्य बन्न पाइने, #सर्बसाधारणको रोजाईमा तारकेश्वर लामबगरको मिस्टर केक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्