ओझाले साहित्यिक र शान्ति क्षेत्रबाट प्राप्त गरे दुई प्रतिष्ठित अवार्ड
काठमाडौं, जेठ २५ । नेपालका कवि, पत्रकार तथा शान्ति प्रबद्र्धक सरोज ओझाले एकै दिन दुईवटा प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् । ओझालाई अन्तर्राष्ट्रिय सािहत्यिक संस्था ग्लोबल राइटर्स एकेडेमी इण्डिया, द डेली ग्लोबल नेसन बंगलादेश र द पेनक्राफ्ट बंगलादेशले काजी नजरुल इस्लाम साहित्यिक पुरस्कार प्रदान गरेका छन् भने अन्तर्राष्ट्रिय शान्ति र मानवीय संस्था, युनाइटेड नेचर इन्टरनेशनल पीसले लाईफ टाईम एचिभमेण्ट अवार्डबाट विभुषित गरेको छ ।
नजरुल इस्लामको जन्म जयन्तकिो अवसरमा नेपालका ओझा र एन पी खतिवडासहित अन्य २२ विश्व कविलाई पनि काजी नजरुल इस्लाम साहित्यिक पुरस्कारबाट सम्मानित गरिएको थियो। यो सम्मानित अवार्ड प्राप्त गर्नेहरुमा रतन भट्टाचार्य, सलोमे मुरो, गुरजीत कौर घुमान, एलिसिया एम गार्सिया, एसके आलमगीर हुसेन, मारिया भिटोरिया, मासिमो, बेनुप्रिया रोय, सईदा अख्तर, स्वप्नेन्दु भौमिक, जेजाबेक, मर्हमार्क कायस, साजिब, रीता बोरुआ, लक्ष्मीकान्त दास, फली न्द्रेका, बिजुरी इस्लाम, बारबरा मर्केस, स्वाती दास, डायने ओवेर्ने, प्रसन्ना बृहत्मित्र सिंह र प्रसन्ना बृहत्मित्र सिंह रहेका छन्।
साहित्यिक र शान्ति दुवै क्षेत्रमा प्राप्त दोहोरो सम्मानले साहित्य, पत्रकारिता र शान्ति निर्माणका क्षेत्रमा अझ सकृय हुन प्रेरित गरेको ओझाले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्