नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि
काठमाडौं, जेठ ११ गते । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको जानकारी दिनुभयो ।
उक्त भेरियन्ट घातक नभएको डा.बुढाथोकीको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘ओमिक्रोनको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ । तर यो सब भेरियन्ट सामान्य रुघाखोकी जस्तै भएकाले आत्तिनुपर्दैन ।’’
प्रयोगशालाले केही महिनाको ४० वटा कोरोना सङ्क्रमितको नमुनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतमा ओमिक्रोनका विभिन्न भेरियन्ट पुष्टि भएको थियो । उक्त नमुनामा अनुसार ओमिक्रानेको जेएन वान सातवटा नमुनामा, ओमिक्राेनको बिए टु दुई वटा नमुनामा, केपी.१, १२ वटा नमुनामा, केपी.२, १७ नमुनामा, केपी ४ एउटा नुमनामा पुष्टि भएको थियो ।
यो भेरियन्ट पछिल्लो समय सिंगापुर, अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्