Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एमाले तारकेश्वरको निर्वाचन सम्पन्न , मतगणना हुँदै


तारकेश्वर काठमाडौं । नेकपा एमाले तारकेश्वरको दोस्रो अधिवेसन अन्र्तगत आज निर्वाचन सम्पन्न भएको छ । सोमबार अधिवेशनको तेस्रो दिन नेपालटारमा निर्वाचन सम्पन्न भएको हो । १९९ जना प्रतिनिधिले भाग लिएका निर्वाचनले अव केही बेरमा परिणाम आउने बताइएको छ ।

एमाले तारकेश्वर नगर कमिटिको अध्यक्षमा बासु गौतम र कन्चन भट्ट बिच प्रतिस्पर्दा भएको छ भने उपाध्यक्षमा श्याम प्रसाद गजुरीयल र राजु तिमिल्सिना त्यस्तै सचिवमा रबिन्द्र के.सी र बलराम सीटौला बिच प्रतीस्पर्दा भएको छ ।

यसै गरि उपसचिवमा कल्पना जोशी र मनहरी थापा र लेखा समितिको सचिवमा कपिल अधिकारी निरबिरोध निर्वाचित भएका छन ।

बिभिन्न क्लस्टर बाट सदस्यहरु निबिरोध भएका छन ।

केहीबेरमा मत गन्ने तयारी भएको निर्वाचन मण्डलले बताएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले तारकेश्वरको निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्