फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा अलास्कामा फुड फेस्टिभल हुदै
काठमाडौ ।नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबद्र्धन गर्ने उदेश्यले अमेरिकाको अलास्कामा पहिलो पटक “सात महादेशिय पर्वतीय खाना महोत्सव २०२४” हुने भएको छ ।
सगरमाथा दिवश मे २९ तारिखको अबसरमा अलास्काको एन्करेजमा रहेको मण्डला रेष्टुरेण्टमा सो कार्यक्रम हुन लागेको हो ।
विहान ११ः३० बजेदेखि दिउसो २ बजेसम्म सो खाना महोत्सव हुनेछ । ‘सातै महादेशमा नेपाली खाना, हामी सबैको चाहना’ भन्ने अभियानका साथ ग्यास्ट्रोनोमि टुरिजम एसोसियसन अफ नेपाल र यात्रा ग्रुप्स न्यूयोर्ककको संयुक्त आयोजनामा सो महोत्सव हुन लागेको हो । पर्वतीय क्षेत्रका परिकार ढेडो, गुन्दुक, मःम , शेर्पा समुदायमा प्रख्यात थेन्दूक रिल्दोक, नून चिया, नेपाली थालीलगायतका खाना सो महोत्सवमा प्रदर्शन गरिने छ ।
अमेरिकाका भर्जिनिया राज्यका कहलिएका रेण्टुरेण्ट व्यबसाय एवं क्लुनरी आर्टिस्ट राम थापा र प्रख्यात फूड गुरु सुरेन्द्र चन्द्र बस्नेतले बनाएका परिकार डेनाली हिमाल आरोहणमा जाने आरोहीसंगै स्थानीय आन्तरिक र बाह्य पर्यटकले खान पाउनेछन् ।
डेनाली हिमाल चढ्न जानेहरुको लागि नाम्चे बजारजस्तै मानिने एन्करेजमा पहिलो पटक यस्ता नेपाली परिकारको स्वाद पर्यटकले पाउन लागेको कार्यक्रम संयोजक सुरेश बस्नतेले बताउनुभयो ।
अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली रहेको अलास्का क्षेत्रबाट यो अभियान शुरु गरिएको महोत्सवका संयोजक सुरेश बस्नेतले बताउनुभयो । त्यसपछि, एशियामा रहेको बिश्वको सबैभन्दा अग्लो सगरमाथासंगै सात महादेशको उच्च शिखरमा यो अभियानलाई पुर्याउने अठोटका साथ आफूहरु अगाडि बढेको बस्नेतले भन्नुभयो । कार्यक्रमबाट संकलन भएको ‘डोनेशन’ रकम नेपालमा सेफहरुको हक, हित र नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन गर्न गरिने छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्