Techie IT
बिहीबार, कात्तिक २७,२०८३

काभ्रेको पाँचखालमा रुखमा बाँधेर जिउँदै जलाइएको अवस्थामा युवकको शव फेला


काठमाडौं, २८ बैशाख । काभ्रेको पाँचखालमा एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

पाँचखाल नगरपालिका- ४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति जंगलमा अन्दाजी २५ वर्षीय युवकको रूखमा तारले बाँधेर जिउँदै जलाइएको अवस्थामा शव फेला परेको हो ।

युवकलाई तारले रूखमा बाँधेर जलाइएको पाइएको प्रहरीले जानकारी दिएको छ । शव सडिसकेको छ । कुकुरसहितको प्रहरीको टोलीले अनुसन्धान सुरू गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पाँचखालमा रुखमा बाँधेर जिउँदै जलाइएको अवस्थामा युवकको शव फेला


तपाईको कमेन्ट लेख्नुहोस्