अनेरास्ववियुको विद्यार्थी महोत्स :एक लाख विद्यार्थी सहभागी हुँदै
काठमाण्डौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको विद्यार्थी महोत्सवको तयारी पूरा गरेको छ ।
भृकुटीमण्डपमा देशभर रहेका पाँच सय वटा शैक्षिक संस्थाबाट एक लाख विद्यार्थीलाई महोत्सवमा सहभागी गराउने लक्ष्य राखिएको अनेरास्ववियुका उपाध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक धर्म गिरीले जानकारी दिए ।
विद्यार्थीका लागि यो अति नै उपयोगी हुने र विद्यार्थीलाई देशमै केही गर्न सकिन्छ भन्ने खालको सकरात्मक सन्देश दिनका लागि पनि महोत्सव कोशेढुंगा सावित हुने
उनका अनुसार नेपालको शिक्षा प्रणाली, जागिरका लागि परामर्श, युवा विद्यार्थीलाई संसदीय प्रणालीबाट जानकारी लगायत विषयमासमेत सामूहिक छलफल गरिनेछ । महोत्सव अवधिभर दिउँसो तीन बजेदेखि साँझ सातबजेसम्म सांस्कृतिक कार्यक्रमसमेत संचालन हुनेछ ।
पूर्व प्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सवमा विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीको बहुआयामिक प्रतिभालाई उजागर गर्ने, युवामा रहेको कला, संस्कृति, सूचना प्रविधि र विज्ञानमा विद्यार्थीका कामका बारेमा पनि जानकारी गराइने आयोजकले जनाएको छ । विद्यार्थी महोत्सव सञ्चालन अवधिभर ६० देखि ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अनेरास्ववियुको विद्यार्थी महोत्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्