जसपा विभाजन : माधव नेपालको बार्गेनिङ पावर समाप्त
काठमाडौं । अध्यक्ष उपेन्द्र यादव अमेरिकामै भएको बेलामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित बनेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा पार्टी विभाजित बनेको हो ।
याँ दलको नाम नेपाल हटाएर जनता समाजवादीमात्रै राख्नेगरी दर्ताको लागि निवेदन दिएको सांसद सुशीला श्रेष्ठले बताइन् । प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये राईको पक्षमा ७ सांसद रहेका छन् ।
सांसद श्रेष्ठका अनुसार अशोककुमार राई, नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादव रहेका छन् । पार्टीमा आफूहरुको पक्षमा बहुमत रहेको निर्वाचन आयोग पुगेकी सांसद श्रेष्ठले दाबी गरिन् ।
जसपामा अकस्मात विभाजन आउनुको कारण सत्ता समीकरण हो । फागुन २१ गते प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेपछि माधव नेपाललाई वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बनाउन कांग्रेसले गरेको प्रस्ताव लुकेको छैन ।
प्रतिनिधिसभामा १० सीट रहेका माधव नेपाल ओलीसँग दूरी बढाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा जोडिएका छन् । वैकल्पिक गठबन्धनमा कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४-४ जोड्दा १३८ सांसदको गणित थियो ।
तर, नेता राईको नेतृत्वमा ७ सांसदले पार्टी विभाजन गरेपछि त्यो सम्भावना तुहिएको छ । अध्यक्ष उपेन्द्र यादव माधव नेपालसँग मिलेर प्रचण्ड सरकार ढाल्न लागेपछि पार्टी विभाजन भएको हो । अब उपेन्द्र यादवसँग ५ सांसदमात्रै छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सपा विभाजन : माधव नेपालको बार्गेनिङ पावर समाप्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्