बिपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोसाक बितरण
खांदबारी – संखुवासभाको खाँदबारी नगरपालिका – ३ गुवाबारीमा रहेको लक्ष्मी आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । खाँदबारी – ३ स्थित लक्ष्मी आधारभूत विद्यालयका (कक्षा १ देखि कक्षा ८ सम्म) एक सय ४० जना विपन्न विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री, खेल सामग्री र मेडिकल सामग्री बितरण गरिएको हो । काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका– ३ का परिक्षण हुमागाईं र भक्तपुर चाँगुनारायण नगरपालिका –६ निवासी रोषन केसि लामिछानेले संयुक्तरूपमा विद्यालयमा पुगेर नै सहयोग हस्तान्तरण गर्नुभएको हो ।
खाँदबारी – ३ गुवाबारी निवासी शुसिल कार्कीको पहलमा बिद्यालयका विद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री, खेल सामग्री र मेडिकल सामग्री ल्याइएको हो । विद्यार्थीलाई एक सय ४० थान ट्रयाकसुटर टिसर्ट, ३ थान कम्प्युटर, सय दर्जन कपी, पेन्सिल, पिङ, ब्याडमिन्टन, मेडिकल सामग्री वितरण गरिएको हो ।

अति विपन्न परिवारका बालबालिकालाई विद्यालय जान प्रेरित गर्न सहयोग गरिएको भक्तपुरका रोषन केसि लामिछाने बताउनुभयो । विद्यालयमा अध्ययनरत एक सय ४० जना बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामग्री, खेल सामग्री र मेडिकल सामग्री सहयोग भएको विद्यालयका प्रधानाध्यापक युवराज खत्रीले जानकारी दिनुभयो । काभ्रेपलान्चोक नमोबुद्ध – ३ का हुमागाईं र भक्तपुरका लामिछानेले करिव ४ लाख रुपैया बराबरको विद्यालय पोशाक, शैक्षिक सामग्री, खेल सामग्री र मेडिकल सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक खत्रीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आर्थिक सहयोग, #बिपन्न विद्यार्थी, #संखुवासभा, #सुशील कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्