सडक निर्माणमा ढिलाइ भएपछि स्थानीयद्वारा सङ्घर्ष समिति गठन
भैरहवा, वैशाख २१ गते । रुपन्देहीमा उत्तर–दक्षिण जोड्ने मुख्य मार्गको रुपमा रहेको बेलबास–बेथरी सडक निर्माण अलपत्र परेपछि दबाब दिन स्थानीयले सङ्घर्ष समिति गठन गरेका छन् ।
स्थानीय राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरुको भेलाले विजय ढकालको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको हो । सङ्घर्ष समितिमा श्याम विक, लेखनाथ गैरे, मनक श्रेष्ठ, गोपाल गुरुङ, रुजेन्द्र गुरुङलगायत रहनुभएको छ ।
स्थानीयले सडक निर्माण पूरा नगरेसम्म नहरपुर–बेताहानी खण्डमा ट्रिपर चल्न नदिने निर्णय गरेका छन् । सङ्घर्ष समितिले सडक किनारका नाली र कुलाेको काम पूरा गर्न, सडक बिचमा रहेका बिजुलीका पोल तत्काल हटाउन माग गरेको छ ।
बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तारका लागि २०७३ सालमा ठेक्का सम्झौता भई काम भए पनि अझै सम्पन्न हुन सकेको छैन । चारलेन सडक निर्माण गर्न तीन प्याकेजमा एक अर्ब ६७ करोडमा ठेक्का सम्झौता भएको थियो । दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । तर उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन ।
२०७६ असार मसान्तसम्म सम्पन्न गर्ने गरी बुटवल–बेताहानी साढे आठ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो । तर उसले अझैसम्म काम सम्पन्न गरेको छैन । यो सडकखण्डमा साढे आठ किलोमिटरमध्ये तीन किलोमिटर लामो समयदेखि कालोपत्रे हुन सकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सडक निर्माणमा ढिलाइ भएपछि स्थानीयद्वारा सङ्घर्ष समिति गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्