बेनीमा मजदुर दिवस मनाइयो
म्याग्दी, वैशाख १९ गते । एक सय ३५ औं विश्व मजदुर दिवसका अवसरमा बेनीमा मजदुरहरुले र्याली निकालेका छन् । मजदुरहरुले ट्रेड युनियनको झन्डा, बाजागाजा र
झाँकीसहित बजारमा र्याली निकालेका हुन् ।
नौमती बाजा सहित बेनीको विरेन्द्रचोकबाट सुरु भएको र्यालीले मजदुर हितका विभिन्न नाराहरु लगाउँदै मंगलाघाट, न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) म्याग्दीको आयोजनामा आयोजित र्यालीमा मजदुरहरुले श्रमिकको पेसागत मर्यादा, सम्मानको प्रत्याभूति र राज्यका निकायहरुमा प्रतिनिधित्वको माग लगायतका नारा लगाएका छन् ।

श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइँदै छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बेनीमा मजदुर दिवस मनाइयो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्