Techie IT
बिहीबार, कात्तिक २७,२०८३

उपनिर्वाचन : इलाममा राजावादी उम्मेदवारको ‘हरिबिजोक’


इलाम । नेपालमा पछिल्लो समय गणतन्त्रका विपक्षमा राजावादीहरूको स्वर चर्को मात्र सुनिंदै आएको छ । गणतन्त्र नेपालका लागि अफापसिद्ध भइसकेको भन्दै पछिल्लो समय राजावादीहरुको सक्रियता समेत बढेको छ । जसको मुख्य अगुवाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरिरहेको छ ।

उनीहरूको चर्को भाषण र देशभरका गतिविधिले साँच्चै गणतन्त्रवादीको दिन सकिन लागेको त होइन भन्ने आंशका सर्वसाधरण नागरिकमा परिरहेको छ । तर इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको परिणामले राजावादी पार्टी राप्रपाको हैसियत छर्लङग्याई दिएको छ ।

अहिलेसम्म इलाम–२ मा राजावादी पार्टी राप्रपाले ४६ मत मात्र ल्याएको छ । इलाम–२ मा राप्रपाबाट लक्ष्मी गुरुङ उम्मेदवार छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्