काभ्रे कुशादेवीमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काभ्रे, कुशादेवी । अल्का अस्पतालको प्राविधिक सहयोग, काभ्रे सेवा समाजको समन्वय र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को सहयोगमा पनौती नगरपालिका वडा नं. २, कुशादेवी मा.विमा काभ्रे सेवा समाजका अध्यक्ष श्री प्रल्हाद के.सीको सभाध्यक्षता तथा पनौती नगर प्रमुख श्री रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा मिति २०८१।०१।१५ गते संचालित १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष प्रकाश बन्जाराले स्वागत मन्तब्य राख्नुभएको थियो भने अल्का अस्पतालको तर्फबाट अध्यक्ष कुमार थापा, कुशादेवी मा.विका प्र.अ श्याम प्रसाद भुजु, निवर्तमान नगरप्रमुख भिम न्यौपाने लगाएतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अर्थशास्त्री डा. निलम कुमार शर्मा, कुशादेवी उप–स्वास्थ्य चौकी प्रमुख, कुशादेवी प्रहरी चौकी प्रमुख, संस्थाका संचालक समितिका पदाधिकारी, काभ्रे सेवा समाजका कार्य समितिका पदाधिकारी लगाएत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त शिविरमा स्त्रीरोग, हाडजोर्नी, नाक कान घांटी, छाला रोग, जनरल मेडिसिन गरि २५५ जना ब्यक्तिहरुले स्वास्थ्य परिक्षण गराउनुभएको थियो ।
स्वास्थ्य शिविरमा चिकित्सकहरुद्धारा सिफारिस गरिएका ब्यक्तिहरुलाई LAB, USG, ECHO, ECG, MRI, CT SCAN लगाएतका अन्य जांचहरु अल्का अस्पतालमा निःशुल्क सेवा उपलब्ध गराउने ब्यवस्था गरिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा







तपाईको कमेन्ट लेख्नुहोस्