पुर्व उपप्रधानमन्त्री रायमाझीले बिमोचन गरे मोतीराज खनालको तिज गित सधै तमासा
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँचीको लोक संगितलाई संसारकै ‘युनिक’ संस्कृतिको रुपमा चित्रण गरेका छन् ।
शनिवार अर्घाखाँची सरोकार समाजले रिपोर्टर्स क्लब नेपालमा मोतीराज खनाल र राधा आचार्य अधिकारीको गिती एल्बम ‘सधंै तमासा’ नामक तीज गीतको बिमोचन गर्दै रायमाझीले यस्तो बताएका हुन् ।
उनले अर्घाखाँची प्राकृतिक, भौगोलीक तथा सांस्कृतिक रुपमा निकै धनी रहेको बताउदै अर्घाखाँचीको पहिचानलाई संसारसामु चिनाउन आवश्यक रहेको बताए ।
गीत संगीतको माध्यमबाट संस्कृितको व्याकरणदेखि भगवान शिवले महिनौं अध्ययन तथा अनुसन्धान गरेको साथै पतञ्जली ऋषिले तपस्या गरेको ठाँउको रुपमा पनि अर्घाखाँचीलाई विश्वभरि चिनाउन आवश्यक रहेको रायमाझीले सुनाए ।
जिल्लामा रहेका पौराणिक तथा सांस्कृतिक धरोहर र स्थानीय मौलिकतामा निकै धनी रहेको बताउँदै जिल्लाको विकास निर्माणका योजनामा बृद्वि भईरहेको पनि नेता रायमाझीले दाबी गरे ।

ढोरपाटन जाने बाटोनिकट भविश्यमा सम्पन्न हुने जानकारी गराउदै उनले सुपा देउराली नजिकको बाटो पनि चार लेनको हुने प्रक्रिया शुरु भईसकेको जनाए । उनले भने,‘अहिले सुपा देउरालीमा हजारौंले रोजगारी पाईरहेका छन् । धार्मिक पर्यटन र सांस्कृतिक संगित क्षेत्रमा पनि अहिले ठूलो प्रगति भइरहेको छ । यसले हामीलाई गर्व तुल्याएको छ ।’
मोतीराज खनाल र राधा आचार्यको स्वरमा रहेको यस गितका शब्द मोतिराज खनालले गरेका हुन । गिता पराजुलीको संगित रहेको उक्त गीतको म्युजिक भिडियो सापकोटा प्रोडक्सनले बजारमा ल्याएको हो । चर्चित कलाकार कमल गाउँले, रञ्जु अधिकारी र भीमा लामाको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।
गुरु आमा तथा स्मृति तिमिल्सिनाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका छन र कमल सौरागले एरेन्ज गरेका हुन् । नजिकिँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजको विशेष अवसर पारेर बजारमा सार्वजनिक उक्त गीतले नेपाली समाजमा रहेका बेथितिहरुको बारेमा उजागर गरेको छ ।
कार्यक्रममा उक्त गिती एल्बम बजारमा ल्याउन योगदान पु¥याउने कलाकार तथा स्रष्टाहरुलाई अर्घाखाची सरोकार समाजले ‘गायक मोतीराज खनाल तथा गायिका राधा अधिकारी प्रमाणपत्र’ प्रदान गरेको छ ।
उक्त अवसरमा समाजले कमल गाउँले, सन्तोष केसी, सुनिल बिसी, रञ्जु अधिकारी, नारायण पाण्डे, सरिता पाण्डे, कृष्ण सापकोटा, लक्ष्मण चापागाँई र गिता पराजुलीलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #तिज गित सधै तमासा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्