चिचिलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खांदबारी – संखुवासभाको चिचिलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार दिउँसो ३ बजेतिर चिचिला गाउँपालिका–२ छयाङकुटी गोगनेनजिकै प्र.१–०२–००३ त १६८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै नै मृत्यु भएको छ।
मृत्यु हुनेमा चिचिला गाउँपालिका– २ का ३२ वर्षीय दाबा शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले बताउनुभयो । उहाँको अनुसार चिचिला–५ देवीटारमा सामान पुर्याई खाँदबारी फर्किने क्रममा चिचिला–२ छयाङकुटी गोगनेनजिकै ट्याक्टर ब्रेकफेल भई दुर्घटना भएको हो।
ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा परी सहचालक चिचिला–२ का लाक्पा रिञ्जिन शेर्पा सामान्य घाइते भएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्याक्टर दुर्घटना, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्