सुनकोशी-मरिण डाइभर्सन सुरुङमार्गकाे ‘ब्रेक थ्रु’ वैशाख २६ गते
काठमाडौं, वैशाख १० गते । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार सुनुवाइ हुँदैछ । सोमबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एक इजलासमा उक्त रिटको सुनुवाइका लाथि पेशी तोकिएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता एवम् प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर माग गर्नै आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले २२ चैतमा राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको थियो ।
नागरिक उन्मुक्तिका तर्फबाट वैशाख २ मा लक्ष्मणकिशोर चौधरीले दाबी पेश गर्नुभएको थियो । तर वैशाख ४ गते पुनः दाबी पेश गर्न प्रदेश प्रमुख नजिर मियाँले आह्वान गर्नुभएको थियो । त्यसपछि दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
प्रदेशसभा सदस्य चौधरीद्वारा दायर रिटमा नेपालको संविधानको धारा १६८ (२) बमोजिम निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्त गरी सरकार गठन गर्न दिनुपर्ने संवैधानिक कर्तव्य भएका विपक्षी प्रदेश प्रमुखज्यू सो बाट च्युत भई मलाई सो अवसरबाट जबरजस्त वञ्चित गरी ।’
उहाँले मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको जिकिर गर्नुहुँदै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सुनकोशी-मरिण डाइभर्सन सुरुङमार्गकाे ‘ब्रेक थ्रु' वैशाख २६ गते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्